हेलिकोप्टर दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

हेलिकोप्टर दुर्घटनामा परी साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा मुकरिनको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बताइएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।