हुम्लामा जनसामाजबादी पार्टीकाे तिब्र चुनावी अभियान, भिरपाखा गाँउ- जाँउ
हुम्ला नयाँ पार्टी जनसामाजादी पार्टीले अाफ्ना प्रतिनिधिले चुनाव जित्ने दावी गरिरहँदा चुनावी अभियानलार्इ तिब्र पारीरहेकाे छ । जनसामाजबादी पार्टीले चुनावी अभियानमा भिरपाखा गाँउ गाँउ जाँउ जनतासंग रमाउ भन्दै प्रचारप्रसारलार्इ तिब्र पारेकाे छ ।
गाँउगाँउ भिन्नै चुनावी शैलीमा जनसामाजबादीकाे टाेली प्रचारप्रसारमा लागिरहेकाे सामाजबादीका सम्राट रम्तेलले बताएका छन । रम्तेलका अनुसार हुम्लामा नयाँ शैली अपनाएकाे र हुम्ली जनताकाे भावनाअनुसार चुनावी अभियानमा उत्साह पैदा भएकाे बताइएकाे छ । नेकपा मालेसंग तालमेल गरेर हाँसीया तारा चुनाव चिन्हमा लडेकेा जनसमाजादी नेपाल पार्टीले यतिबेलाकाे निर्वाचनमा अाफ्नाे जित पक्का भएकाे बताएकाे छ।
जलसम्पदाकाे उचित ब्यबस्थापन गरेर उर्जाक्षेत्रमा बिकास, हुम्लाकाे प्रत्यक क्षेत्रमा माेटरबाटाेकाे ब्यवस्था, जडिबुढीकाे प्रसाेधन तथा जढिबुटी उद्याेग कलकारखानाकाे बिकास गरेर लैजाने पर्ने। भ्रस्टाचारकूक्त हुम्ला निर्माण र बिकासमा तिब्र छलाङ सहित अात्मनिर्भर हुम्ला बनाउने लगायतका बुदाहरू सहित रम्तेलले अाफ्ना उम्मेदवारले जित्ने बताए ।
त्यस्तै हुम्लाबाट जनसामाजबादी पार्टी र नेकपा मालेका प्रतिनिधि सभा हुम्लाका संयुक्त उम्मेदवार रण बहादुर रम्तेल प्रतिनिधिसभाकाे सामानुपातिकमा नेकपा मालेकी लक्ष्मी एेडी र प्रदेश सभाकाे क्षेत्र नं खबाट मालेका गाेरखसिंह बाेहाेराकाे उम्मेदवारी रहेकेा छ । जनसामाजबादी पार्टी नेपालले देशभर नेकपा मालेसंग तालेमेल गरी निर्वाचनमा भाग लगेकेा बताइएकाे छ ।