भारत प्रशासित कश्मिरमाथि थियो ओसामाको नजर !

चरमन्थी संगठन अल–कायदाका प्रमुख रहेका आसामा बिन लादेनले भारत प्रशासित कश्मिरमा नजर राखेको खुलासा भएको छ । उनले मुम्बई आक्रमणका आरोपी डिेविड कालमेन हेड्लीको न्यायिक जाँचमा पनि चाँसो देखाएका थिए । ओसामा बिन लादेन सन् २०११ मे १ को राति अमेरीकी सैनिकद्वारा पाकिस्तानको एबटाबाद सहरमा मारिएका थिए । अमेरीकी खुफिया एजेन्सी सीआईएले उक्त कारवाहीसँग जोडिएका चार लाख ७० हजार फाइल सार्वजनिक गरेको छ । ती फाइलहरु सोही कारवाहीका दौरान बरामद गरिएका थिए । ती फाइलहरुबाट ओसामा बिन लादेनसँग जोडिएका कयौं रहस्यहरु खुलेका छन् । कारवाहीका दौरान बरामद सामाग्रीहरुमा लादेनका छोराको बिबाहको भिडियो र केही डायरीहरुपनि रहेका छन् ।

ओसामा बिन लादेनले मुम्बई आक्रमणका आरोपी पाकिस्तानी–अमेरीकी नागरिक डेविड कालमेन हेड्लीसँग जोडिएका अदालती कारवाहीका समाचारहरु नजिकबाट नियाल्ने गरेको सीआईएले सार्वजनिक गरेको फाइलबाट खुलेको छ । लादेन ती समाचारहरु भारतबाट प्रकाशित हुने केही ठूला समाचार पत्रहरुबाट प्राप्त गर्दथे । उनको कम्प्युटरबाट ईण्डियन एक्सप्रेसमा सन् १९९० नोभेम्बर १६ मा प्रकाशित लेख फेला परेको छ । जसको शिर्षक थियो, ‘‘Omar Sheiks’s Pak handler llyas Lashmiri also handled Headley।’’ त्यस्तै अर्को एक कम्युटरबाट श्रीलंका गार्डियनमा प्रकाशित ‘भारत र अमेरीकामा चरमपन्थी हमलाको खतरा’ शिर्षक रहेको अर्को लेख भेटिएको छ ।

भारतको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ ईण्डिया (पीटिआई) को सन् २०१० फेब्रुअरी ९ मा प्रकाशित अन्य एक रिपोर्टपनि लादेनको कम्प्युटरमा फेला परेको छ । उक्त रिपोर्टको शिर्षक थियो, ‘Al-Qaeda helping Taliban to destabilize Pakistan Government Gates.ÚÚ

त्यसैगरी सन् २००९ नोभेम्बर १५ को टाइम्स अफ इण्डियाले हेड्ली र हरकत–उल–जिहाद–अल–इस्लामी (हुजी) को बीचमा भएको ‘कोडिङ’ कुराकानीको बारेमा प्रकाशित गरेको लेख पनि फेला परेको बीबीसीले जनाएको छ ।

लादेनको कम्प्युटरमा ‘India to send magidtrate to US to record Headley’s statement।’ शिर्षक राखिएको पीटिआईकै अर्को लेखपनि बरामद भएको छ । लादेनले यो लेखका केही भागलाई पहेलो रंगले ‘हाईलाइट’ पनि गरेका छन् ।

फाइलका माध्यमबाट लादेनले कश्मिरसँग जोडिएका खबरहरु रुचीपूर्वक लिने गरेको खुलासा भएको छ । उनी कश्मिरमा भइरहेका अलग–अलग चरमपन्थी संगठनसँग जोडिएका खबरहरुपनि हेर्ने गर्दथे । अमेरीकाले पाकिस्तानलाई इलयास कश्मिरीलाई खोज्न गरेको आग्रह प्रकाशित सन् २०१० जनवरी ७ को इकनोमिक टाइम्सपनि लादेनको कम्प्युटरबाट बरामद भएको छ । त्यसै गरी सन् २००९ फेब्रुअरीमा पाकिस्तानी कश्मिरी चरमपन्थी र नाटोका साथ जारी संघर्षसाग जोडिएको लेखपनि अमेरीकी सेनाले तत्कालिन समयमा बरामद गरिएको जनाएको छ ।

सिआईएका निर्देशक माइक पोम्पेओले भने, ‘‘अल–कायदा प्रमुखका यी फाइलहरु सार्वजनिक भएपछि आम मानिसहरुले चरमपन्थी संगठन कसरी काम गर्छ भन्ने बारेमा जानकारी पाएका छन् ।’’

सीआईएले झण्डै दुई दर्जन भिडियोपनि फाइलका साथ जारी गरेको छ । जसमा बीबीसीको डकुमेन्ट्री ‘द स्टोरी अफ इण्डिया’ पनि समावेश छ । उक्त डकुमेन्ट्रीमा बीबीसीले भारतको इतिहासका बारेमा बताएका थियो ।

ती दस्तावेजहरुमा लादेनको निजी जर्नल (पत्रिका) पनि समावेश छ । जसमा १८ हजार फाइल र ७९ हजार अडियो र तस्विरहरु छन् । यसमा लादेनले जनसभाहरुमा दिएको भाषण र अल–कायदाका फरक–फरक स्थानमा बसेको बैठकका तस्विरहरु छन् । एउटा भिडियोमा अल–कायदाले अमेरीकाको ट्वीन टावरमा गरेको आक्रमणको १० औं वर्षगाँठ मनाउन गरिएको तयारी कैद गरिएको छ ।

सीआईएद्वारा जारी गरिएको भिडियो फाइलमा एउटा क्लिप लादेनका छोरा हमजाको बिबाहको पनि समाबेश छ । हमजा लादेनका सबैभन्दा नजिकका छोरा थिए र उनी हमजालाई अत्यन्तै माया गर्दथे भन्ने अनुमान गरिएको छ । उक्त भिडियोमा उनी देखिएका भने छैनन् । तर बिबाहमा सहभागि मानिसहरुले ‘बेहुलाका पिता, मुजाहिदीनका राजकुमार आफ्ना छोराको बिबाहमा अत्यन्तै खुशी छन् । र उनको खुशी सबै मुजाहिदीनमा फैलिसकेको छ ।’ भन्ने वाक्य बोलेको सुन्न सकिन्छ ।

दस्तावेजबाट लादेनले अफगानीस्तान र इराकमा अमेरीकी रणनीति समिझने कोशिश गरेको देखिन्छ । सीआइएले यी दस्तावेजबाट अल–कायदा र इस्लामिक स्टेट (आईएस) बीच बैचारिक मदभेद रहेको पुष्टि भएको दावी गरेको छ । अल–कायदा भित्रपनि उसको आफ्नो नीतिमा पनि असहमति रहने गरेको सिआईएले दावी गरेको छ ।