बदलिँदो चुनावी प्रचार शैली, सामाजीक संजालमा छताछुल्ल निर्वाचन

कतै गुनासा त कतै अादर्श

सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेकेा छ । नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन्। गुनासा र दुखसुख मात्रै हैन अादर्शका कुराहरू पाेख्ने गतिलाे माध्यामा बनेकाे छ सामाजिक संजाल यतिबेला चुनावकाे गतिलाे प्रचारप्रसार गर्ने थलाे बनेकेा छ ।

यस्तै पुराना र ठूला भनिएका दलहरुले भन्दा नयाँ दलहरुले सामाजिक संजालको अत्याधिक प्रयोग गरेको पनि उनीहरुले बताएका छन्। पहिले पहिले चुनाव अगाडी भाषण र र्‍यालीका आवाज चोकचोक र गल्लीगल्लीमा सुनिन्थे भने अचेल तिनलाई फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका वेबसाइटहरुमा पनि प्रशस्त राखिएको पाइन्छ।

के हाे त सामाजिक संजाल

सामाजिक संजालहरु प्रचलनमा आएको धेरै भै सकेको छ, यूरोपियन युनियनको जनमतसंग्रह र अमेरिकी राष्ट्रपतिको निर्वाचन हुनु भन्दा पहिलेनै सामाजिक संजालको पकड विश्व जनसमुदायको माझ ब्याप्त थियो। यसको प्रभाव स्पष्ट रुपमा बेलायतले यूरोपियन युनियन छाड्नेकि नछाड्ने भन्ने र अमेरिकीहरुले हिलारी र ट्रम्पबीच कसलाई छान्ने भन्ने निर्णयमा देखिएको थियो।

नेपालमा पनि चुनावी चहलपहल सुरु भैसकेको अवस्था छ, र यसका साथै राजनीतिक दलहरु र तीनका समर्थकले सामाजिक संजाललाई सकेसम्म प्रयोगमा ल्याइरहेका छन । अझत दलहरू सामाजिक संजाल ग्रुप नै बनाएर लागिपरेका छन । फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा बढ्दो छ, पुर्व तथ्यांक अनुसार नेपालमा मासिक ५-६ लाख active users रहेकोमा अहिले मासिक ७-८ लाख active users हरु नेपालबाट फेसबुकमा छन्।

मुख्य कुरा videoको demand बढ्दो छ, राजनीतिक दलहरुले यसको भरपुर प्रयोजन गर्नेछन् भन्ने हामीलाई लाग्छ। बढ्दो इन्टरनेट पहुँच र बढ्दो इन्टरनेट speedले video consume गर्न अझ सजिलो बनाएको छ। लाइभ भिडियोहरु आझ प्रचलनमा आउने छन्। अल्पसंख्यकहरुले आवाज पाउने छन्। अझ सामाजिक संजालमा unregulated and unverified information समेत धेरै हुने भएको हुनाले प्रयोगकर्ताहरु सचेत भने हुनुपर्ने छ

प्रभावकारीता

एकै पटक धेरै मानिससम्म पुग्न सकिने भएकाले उम्मेदवारहरुले प्रचारका निम्ति यस्ता सञ्जालको प्रयोग गरेको देखिन्छ। शहरका धेरै मानिसहरु कुनै न कुनै माध्यम मार्फत सामाजिक सञ्जालमा संलग्न रहेकाले उनीहरु माझ यो प्रभावकारी हुने ठानिन्छ। तर घुमाउरो तरिकाले ग्रामीण भेगका जनतासम्म पनि सामाजिक सञ्जाल मार्फत गरिएको चुनावी प्रचारले प्रभाव पार्न सक्ने तर्क राख्छन् सामाजिक सञ्जालका एक जानकारहरू 

नयाँ नयाँ प्रयोग

स्थानीय तहको निर्वाचनको प्रचारमा पनि राजनीतिक दलहरुले सामाजिक सञ्जालको निकै प्रयोग गरेका थिए।
फेसबुक, ट्वीटर र युट्युब बढी प्रयोग भएको भेटिएको थियो। यसपटक पनि विभिन्न राजनीतिक दलहरुले यिनकै माध्यमबाट लाखौं मतदाताहरुलाई सम्बोधन गर्ने गरेको पाइएको छ। स्थानीय तहको चुनावकै बेला तयार भएका चुनावी नारा, गीत लगायत अन्य प्रचारप्रसारका सामग्री प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रचारका लागि पनि सामाजिक सञ्जालमा प्रयोग भएको भइरहेका छन ।

यसपटक नयाँ दलहरुले सामाजिक सञ्जालको प्रयोग बढी गरेको भेटिएको छ। सामाजिक सञ्जालका लागिनै भनि भिडीयो अथवा अन्य सामग्रि नयाँ दलहरुले बनाएका छन्। सामाजिक सञ्जालमा नयाँ दलहरुको उपस्थिति निकै धेरै छ। नेपालमा सामाजिक सञ्जालको प्रयोग अमेरिका, ब्रिटेन लगायतका विकसित देशहरुमा जस्तो व्यापक हुन नसकेपनि यसको प्रयोग लगातार बढिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालको जनसंख्याको ६२ प्रतिशतसम्म इन्टरनेट पहुँच छ।

सामाजिक सञ्जालमा छताछुल्ल

सामाजिक संजालमा प्रयाेगकर्ताहरूले अाफनाे मनकाे दुखेसाे मात्रै पाेख्दैनन । सबैप्रकारका बिचार र सिद्भान्तका कुराहरू पनि छताछुल्ल ढंगले पाेखिरहेका हुन्छन । कसैले कुनै नेताहरूकाे बारेमा चर्चा गरिरहेका हुन्छन त कसैले अालाेचना गरिरहेका हुन्छन ।  हुनत करिब ४५ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्दछन्। केही महिना अघि सम्पन्न भएको स्थानीय चुनाव र आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचारमा सामाजिक सञ्जालको प्रयोग निकै बढेको जानकारहरु बताउँछन्। सामाजिक सञ्जाल मार्फत प्रचार गर्दा खर्च कम लाग्ने र एकपटक गरेको प्रचार दोहोर्‍याए प्रयोग गर्न सकिने भएकाले यसले समय पनि कम लाग्ने कतिपय विज्ञहरुको भनाइ छ।