पुर्व गृहमन्त्री प्रभाकरको घरमा नेकपाको कालो झन्डा ।
प्रकासित मिति : २०७४ कार्तिक १८, शनिबार ०३:५०
प्रकासित समय : ०३:५०
नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता पुर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ ।
प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ ।
पूर्वमन्त्री हुँदा नेता प्रभाकरले नेता-कार्यकर्तामाथि दमन गरेको अारोप नेकपा रुकुमले लगाएको छ ।चुनाव प्रचारको क्रममा प्रभाकर जिल्लामै रहेको बेला नेकपा नेता-कार्यकर्ताहरुले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा गाडेका हुन् ।