आफ्नै मत पत्र च्यात्नेसँग अंगालोमा बेरींदै देवी ज्ञवाली
भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहाल सँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् ।
मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्ेदवार देवी अगाडी थिए ,यसैक्रममा उम्मेदवार रेणु दाहाल समर्थक द्रोण बाबु शिवाकोटी र वाईसियल अध्यक्ष मधु न्यौपानेले एमालेको मतपत्र च्यातेका थिए र प्रहरीको पक्राउमा पनि परेका थिए ।
च्यातिएको मतपत्रको कारण लामो समय स्थगित मतगणना अदालतले पूनः मतदान गर्न आदेश दिएपछि भएको मतदानमा देवी ज्ञवालीको हार भएको थियो ।हार पछि ज्ञवाली निकै आक्रोशित हुनुको साथै मतपत्र च्यातिएको र नियोजीत रुपमै आफ्नो हार भएको बताउँदै आएका थिए ।
पछिल्लो समय बाम गठबन्धन पछि बितेका कुराहरु राजनीतीक परिस्थीती मात्र हो भन्दै तिनै देवी ज्ञवाली हिजो आज प्रचण्डलाई जिताउने प्रचारप्रसारमा अग्र भागमा देखीन थालेका छन् केहि समय अघि मात्र प्रचण्ड पुत्र प्रकाश दाहाल संग सेल्फी खिचेको प्रसङ्ग सेलाउन नपाउंदै मतपत्र च्यात्ने द्रोण शिवाकोटीको साथ अंगालोमा बेरींदै फोटो खिच्नमा मस्त छन् ।