निर्वाचनमा पार्टीभित्रैबाट श्रीमानलार्इ हराउने खेलसुरु भएको भन्दै श्रीमतीले लेखिन मार्मिक पत्र

भन्छिन- छक्का पञ्जा ,चाकडी, च्याप्लुसि,खुरापात गर्नेहरुपो क्षमतावान देखिनथाले…

माअाेबादी बृतमा सुदुरूपश्चिमेली नेताहरूमा गनिने नेता हुन खगराज भट र उनकी धर्मपत्नी मन्जु बम लामाे समय जनयुद्धबाट त्याग तपश्या र बलिदान गरेर अाएका  बम र भट त्यागी नेताहरूका लाइनमा पर्छन । बेला बेला हुने निर्वाचनमा पश्चिमका बाघ नेता सेर बहादुर देउवासित भिडाइने भटलार्इ राजनितिक बलि चढाइने र उनकाे बलिमा अाफुपनि सति जानुपर्ने भन्दै उनकी धर्मपत्नी मन्जु बमले सामाजीक संजालमा मार्मिक पत्र लेखेकि छन । उनकाे पत्रकाे अाशय छ पार्टीभित्र अबसरबादीहरूलार्इ मात्र अबसर दिने गरेपनि अाफुलार्इ श्रीमानकै कारण पछाडि पारेकेा गुनासाे गरेकी छन । उनले बिभिन्न बहानामा पार्टीभित्रैबाट अाफना श्रीमानलार्इ हराएन लागेकेा भन्दै अापति जनाएकी छन ।

हेर्नुस उनकाे पत्र जस्ताकाे तस्तै 

डियर के.आर.
अनुपम हृदयको गहिराईवाट न्यानो अभिवादन ।

बाम गठबन्धनको चर्चा परिचर्चा संगै यति खेरको राजनीतिक घटनाक्रमको परिवेश नियाल्दा केही सुझाब दिन आवस्यक ठाने र यो समाजिक संजाल मार्फत सार्बजनिक गर्दैछु । तिमी नेपाली जनताको मुक्तिका खातिर अथक लडेको योद्धा हौ न कि माओवादी सान सँग जोडिएका पदम ज्योति र रबेन्द्र प्रताप शाह हौ तिम्रो तुलना कसै सग हुदैन । तिमी सनकको भरमा वा कसैको वहकावको भरमा बहकिने मान्छे पनि होईनौ यत्ति त थाहा छ १४ बर्षको सहयात्रा जो छ तिमी सँग…सन्दर्भ आसन्न मंसिर मा हुन गईरहेको केन्द्रीय संघ र प्रदेश सभा निर्वाचनको ।

माअाेबादी नेता खगराज भट र मन्जु बम

केही दिन अगाडि तिम्रो फेसबुक स्टाटस देखेर म केही खुशि केही अन्यौल थिए फोनमार्फत छलफल गर्दा डडेल्धुरामा प्रदेश(क)सहितको केन्द्रीय प्रतिनिधि सभामा हाम्रो उपस्थिति हो भन्ने कुरा थाहा पाएपछि प्राय सबै कार्यकता खुशि नै थिए म त झन नि : सर्त आफ्ना मागहरु होल्ड गरेर फुल सपोर्टमा थिए तर उमेदवारि दर्ताको सन्निकटमा आईपुग्दा ठूलो सड्यन्त्र र छलछाम भएको महसुस गरेको छु ।

डियर के.आर.!

तिमी मान या न मान तिम्रा विरुद्ध पार्टी भित्र र वाहिरका,तिमी अगाडि बढेको देख्न नचाहने भ्रष्ट तत्वहरु सक्रिय मात्रै होईन हात धोएर लागे र डडेल्धुरी जनता र कार्यकर्ताले भनेको भन्दा अलग निर्णय गराई आफ्नो विजय ठानेर पुन: डडेल्धुरामा तिमिलाई तेस्रो पटक हराउने खेल सुरु भएको छ । तिम्रो इमान्दारीता तिम्रो सरलता र तिम्रो नैतिक ब्यक्तित्व मुल्यको बोध कसैले वास्ता गरेको देख्दिन यति खेर तिम्रा सामु लम्पसार परेर सडयन्त्र पुर्वक पार्टी ले गरेको निर्णय भनेर मान्ने र पुन:हार्ने लडाई लड्ने वा अधिकांस डडेल्धुरी जनता र कार्यकर्ताले भनेको मानेर अघि बढ्ने ? यी दुई विकल्प रोज्नु पर्ने बाध्यता छ ।मेरो सुझाब मान्नै पर्छ भन्ने जरुरि छैन तिमी आफ्नो विवेक प्रयोग गर्न सक्छौ।तिम्रा सामु हजारौं विकल्प खुला छन ।

डियर के.आर.
मैले त तिम्रा निम्ति पटक पटक नि:सर्त आफ्ना ईच्छा चाहाना तिलाञ्जलि दिएको छु ।छु /छैन इतिहास ले पुष्टि गर्ला ।पुरुष प्रधान समाजका अगाडि इभन कि हाम्रो गौरवशालि पार्टी माओवादि केन्द्रका नेता कार्यकर्ता को अगाडि काम गर्ने बेला नेता बनाईन्छ अबसर पाउने बेला तिम्रो श्रीमती कहलाईन्छ।तिम्रो श्रीमती हुनुको पीडा बेग्लै छ त्यो पीडा पटक पटक भोग्दै आईरहेको छु ।तर पनि तिम्रो त्याग तपस्या र इमान्दारिता नैतिकतको अगाडि मेरा हरेक आदर्श विवस छन। तिम्रो श्रीमती हुनुमा गर्व गर्छु।

डियर के.आर.
यहाँ छक्का पञ्जा गर्ने,चाकरि च्याप्लुसि गर्ने खुरापात गर्नेहरुपो क्षमतावान देखिन थाले ।त्यो न गर्नु तिम्रो भुल हो ? भुल हो भन्छौ भने म मान्न तयार छैन तिमी गर म त गर्न सक्दिन। अन्तमा यति खेर तिमी मौन रह्यौ भने सदा मौन हुनु पर्ने छ तसर्थ सिङ्गो डडेल्धुरी जनता र कार्यकर्ता तिम्रो साथमा छ तिम्रो मौनता भंग गर र तिम्रा अगाडिका भिमकाय पहाडहरुमा धावा बोल बाकि तिम्रो ईच्छा ।