माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार

माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए ।

अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि बृहत शान्तिसम्झाैताकाे प्रसङ्ग बहसमा अाएकाे छ । बृहत शान्तिसम्झाैतामा जनयुद्धकालका घटनाहरुलार्इ मेलमिलाप अायाेग मार्फत टुङ्गाे लगाउने भनिए पनि ढुङ्गेललार्इ भने केही एनजिअाेले लगातार पछि लागेर सताइरहेका थिए ।

ढुङ्गेलले जनयुद्धकालका सबै घटना पार्टीकाे निर्णयअनुसार भएकाे दावी गर्दै यसकाे सम्पूर्ण जिम्मेवारी प्रचण्डले लिनुपर्ने दावी गर्दै अाएका थिए । साथै उनले जनयुद्धकाे नेतृत्व गर्ने प्रचण्ड प्रधानमन्त्री हुने जनमुक्ति सेनाका कमाण्डरहरु उपराष्ट्रपति र मन्त्री समेत भइसकेकाे सन्दर्भमा अाफूमाथि यस किसिमकाे व्यवहार गरिनुले अाफ्नाे मानव अधिकार र राजनीतिक अधिकारमाथि हदैसम्मकाे हस्तक्षेप गरिएकाे उनले बताउँदै अाएका थिए ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले ढुङ्गेललार्इ ज्यान मुद्धामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्ट्याइएर ढुङ्गेललार्इ सफार्इ दिएकाे थियाे । त्यसपछि उनी जेलबाट रिहा भएका थिए। शान्तिप्रक्रियापछि माअाेवादी सरकारमै रहेका बेला उनका विरुद्ध फेरि मुद्दा दायर गरिएकाे थियाे ।

सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका ढुंगेल आठ वर्षपछि पक्राउ परेका हुन् । अदालतको सजाय भुक्तानका लागि उनलाई आजै कारागार चलान गरिने अदालत स्रोतले जनाएको छ । जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो भने सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

जनयुद्ध उत्कर्षतिर जाँदै गर्दा २०५५ सालमा अाेखलढुङ्गाका उज्जन कुमार श्रेष्ठकाे हत्या प्रकरणमा बालकृष्णलार्इ जाेडिएकाे थियाे । तर, त्याे घटना जनयुद्धकालीन घटना भएकाे र त्यसमा बालकृष्णलार्इ जाेड्न नहुने भन्दै तत्कालीन नेकपा (माअाेवादी)ले सार्वजनिक रुपमै प्रष्ट पारेकाे थियाे । साथै पटक पटक माअाेवादी नेताहरुले पनि यसबारे प्रष्ट पारेका थिए ।