स्पेनको एकताका पक्षधरहरुद्वारा बार्सिलोनामा विशाल प्रदर्शन
प्रकासित मिति : २०७४ कार्तिक १३, सोमबार ०१:५८
प्रकासित समय : ०१:५८
एजेन्सी,स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् ।
प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै कैद सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।
स्पेनको केन्द्रीय सरकारले क्याटलोनमा आफ्नो प्रत्यक्ष शासन लागू गर्दै पुज्डमोनलाई बर्खास्त गरेको थियो । त्यसअघि क्याटलोलिया संसद्ले स्वतन्त्रता घोषणा गरेको थियो ।
यसैबीच बेल्जियमका एक मन्त्रीले पुज्डमोनले आफ्नो देशमा राजनीतिक शरण लिन सक्ने बताएका छन् । तर पुज्डमोनले क्याटलोनिया छोड्ने कुनै संकेत दिएका छैनन् ।