टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ ।

दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । ‘टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो’ शीर्षकमा आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए ।