मलाई रुवाउने मान्छे

कविता

लेखक

एउटा मान्छे जो मलाई सधैं रुवाउछ
बोलेर रुवाउछ नबोलेर रुवाउछ,
रुवाउछ हर्दम रुवाउछ,
किन ? किन रुवाउछ ?
म जान्दिन, बुझ्दिनँ पनि
मात्र तयार भैदिन्छु रुन र रोइदिन्छु ।

म बुझ्छु यति मात्र कि
हो मलाई उसको सामीप्यताले रुवाउछ
ओजस्वीताले रुवाउछ,
ऊ मलाई कहिल्यै हाँसोस भन्दैन
र भन्दैन खुशी हुन र रमाउन पनि
उसका प्रदीप्त नयनहरुले
प्रेमको आमन्त्रण दिलाउँछ्न
म बुझ्दिन फेरि पनि यो
वरदान या अभिशाप
बुझ्छु यति मात्र कि
उसलाई निष्पक्ष हृदयले महसुस गर्छ
तर ऊ यहि हृदयको आवाज सुन्दै सुन्दैन
हृदय राज्य सत्ता सुम्पेर
सम्राट बनाउँदा पनि
बुझेन र बुझ्ने चेस्टा सम्म गरेन 

यही प्रेमिल मनलाई
मिर्ममतापूर्वक कुल्चेर हिडिरहन्छ ,
उसका हरेक दैनिकीहरुको पछिल्तिर
मलाई कहिल्यै देखेन उसले
उसका व्यक्तिगत क्रियाकलापकै नजिक रहेर

म टोलाएका नयन ले पछ्याउँदै गरेको पनि
देख्दैन उसले
हो त्यो हृदय बिहिन मान्छे
मलाई सधै रुवाउछ ।
सधै रुवाउछ ।।