नेपालगन्जमा भारतीय ट्रककाे ठक्करबाट २ गम्भिर घाइते

भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट नेपालगन्जमा बालकसहित २ जना घाइते भएका छन् । यूपी ७० इटी ७३५९ नम्बरको भारतीय ट्रकले औद्योगिक क्षेत्र अगाडि भे ४ प ६७७३ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिदा दुर्घटना भएको हो ।

घाइते हुनेमा स्कुटरमा सवार नेपालगन्ज उप–महानगरपालिका १२ बस्ने सुनिता ढकाल बजगाई र उहाँका ६ बर्षिय छोरा आयन बजगाई रहेका छन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।