वरियता क्रममा तेस्रो स्थानका रेग्मी यसरी बने मुख्य सचिव

सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ । विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय सचिवको रुपमा चिनिएका थिए ।

रेग्मीको प्रधानमन्त्री शेर बहादुर देउवा र देउवा पत्नी आरजु देउवासँग विशेष सम्बन्ध भएकाले उनी प्रतिस्पर्धाको दौडमा अघि रहेको कर्मचारी वृत्तमा चर्चा छ ।