म्यादी प्रहरीमा भर्ना भएका १ सय ५० युवा सम्पर्कमै आएनन्

अछाममा म्यादि प्रहरी बन्न ईच्छुक भएका युवाहरु मध्ये १ सय ५० जना सम्पर्कमै नआएको पाईएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि म्यादीप्रहरीमा फर्म भरेका भएपनी यति धेरै संख्यामा युवाहरु अनुपस्थित भएका हुन ।

अछाममा जम्मा २ हजार ३ सय १६ जना युवाले म्यादी प्रहरीका लागि आवेदन दिएकोमा छनौटको पहिलो चरण अन्र्तगत आईतवार र सोमबार स्वास्थ्य परिक्षण र अन्य फिजिकल चेकजाँच तथा दौड कार्य सम्पन्न भएको छ । स्वास्थयपरिक्षण र शारिरिक चेकजाँचको नतिजा निकालेर मंगलवार लिखित परिक्षा हुने अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जाँनकारी दिनुभयो ।

अछामका लागि जम्मा एक हजार २ सय ३४ जना म्यादी प्रहरी छनौट गर्नपाउने कोटा रहेको डिएसपी न्यौपानेले बताउनुभयो । साथै थप २० प्रतिशतलाई बैकल्पिक राखिने बताईएको छ । छनौट भईसकेपछि पनी केहीले बिचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक पनी राखीने र खालि भएमा बैकल्पिकले अवसर पाउने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनिहरुले सो अवधिको पारिश्रमीक नेपाल प्रहरीका जवानले पाउने सरह अर्थात ५१ हजार हुने प्रहरीले जनाएको छ ।