नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए

भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् ।

बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् । हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।

सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन् । थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ । आजको नागरिक दैनिकमा खबर छ । यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक (किनार) मा ल्याउन सकिएको छैन ।