पार्टी छोडेका मामालार्इ भान्जको हृदयविदारक पत्र हेर्नुस मामाको पनि त्यस्तै जवाफ

पत्र मार्फत मामा भान्जको रोचक सवाल जवाफ

प्रिय मामा
सुदिप मल्ल,

मैले सोचेको पनि थिएन आफुले आदर्श मानेको नेता आफ्नो अभिभावकलाई जिबनको कुनै मोडमा आएर यसरी असन्तुस्तिको खुल्ला पत्र लेख्नु पर्ला भनेर, यसलाई मैले राजनैतिक जीवनको कालो दिनको रुपमा लिएको छु । हुन त तपाई र मेरो साथ त्यति लामो भएन तर जति भयो राम्रो र आदर्शपरक नै भयो ।  जतिबेला देश भूकम्पको पिडामा थियो, पिडितलाई हाम्रो खाचो थियो त्यतिबेला पार्टीको योजना अनुरुप म तपाइको साथमा भूकम्पको केन्द्र बिन्दु दोलखा गएको थिए र हामीले त्यहाँ १० दिन जनताको घर आगनमा उनीहरुको पिडामा मलम लगाउदै बिताएका थियौ । त्यतिबेला हामी जति पनि तपाइको कमाण्डमा थियौ सबैले तपाइको सरलता, योजना प्रतिको दृढ बिश्वास, काम प्रतिको लगनशिलताको प्रसंसा गर्ने गर्थ्यौ र सही लिडर पाएकोमा गर्भ गर्थ्यौ ।

त्यस पछि रास्ट्रीय युवा जनस्वयमसेवक को नेतृत्व तपाइको हातमा आउदा म निकै खुशी र उत्साहित भएको थिए र सबैको प्रतिक्रिया सकारात्मक थियो । संगठनले आफ्नो ढाचा अनुसारको सक्षम युवा र क्रियाशील नेतृत्व पायो अब संगठनले पार्टीको हरेक योजनालाई जस्तो सुकै चुनौती मोलेर भए पनि कार्यन्वयन गर्छ भन्नेमा हामी सबै बिश्वस्त थियौ !! यो बिचमा त्यो क्रियाशीलता देखियो पनि यो कुरामा म तपाई प्रति एकदमै सकारात्मक छु र तपाई जस्तो नेता तथा अभिभाबक पाउदा गर्भ महसुस हुन्थ्यो र हुन्छ ।

पार्टी र क्रान्तिकारी जीवनमा उतार चडाप आउछन र त्यो स्वाभाविक पनि हो ! तपाइको आन्तरीक पार्टी र सांगठनिक क्रियाकलापबारे मलाई त्यति थाहा छैन किनकी हामी फरक मोर्चामा थियौ तपाई युवा लिडर म बिद्यार्थी कार्यकर्ता !! कहिले कही तपाइको बारेमा नकारात्मक प्रतिक्रिया सुनिन्थे खासगरी आर्थिक कुरामा जोडिएर तर मलाई बिश्वास लाग्दैनथ्यो ।  कही कतै भए पनि यी कुरा प्राबिधिक र सामान्य लाग्थ्यो किनकी मलाई तपाइको बिचार र पार्टीको कार्यदिशा प्रतिको प्रतिबध्दताले बिस्वस्त तुल्याउथ्यो कि, बिचार र कार्यदिशामा परिपक्व र स्पस्ट मान्छेले कहिल्यै गल्ति गर्दैन, जुन कुरा मलाइ मेरो बुवाले सधै भन्ने गर्नुहुन्छ त्यसैले म उहालाई राजनैतिक रुपमा आखा चिम गरेर बिस्वास गर्न सक्छु । त्यो कुरा म तपाइमा पनि देख्ने गर्थे ।

जब मैले एउटा मिटिंगमा तपाइको कारबाहीबारे सर्कुलर पढे एक छिन त मलाई बिस्वासै गर्न गाह्रो भयो, मैले तपाइको कारबाहीबारेको बुदालाई २/३ पटक दोहोर्याएर पढेको थिए । मैले भित्र भित्र आशा गरिरहेको थिए की यी मुद्दाहरु गलत साबित होउन र तपाईलाई एक आदर्श नेताको रुपमा देख्न पाइरहु । तपाइँ माथि लागेका मुद्धाहरु अलि गम्भिर प्रकारकै थिए । अहिले २,कार्तिक २०७४ मा पार्टीले निकालेको बिज्ञप्तिमा उल्लेख तपाईमाथि लगाइएको आरोप र पहिलेको पार्टी सर्कुलरमा तपाईलाइ लागेका मुद्दा एउटै छन् । अहिले तपाइले पार्टी छाडेको घोषणा गरे पछि आरोप लगाइयो भन्ने कुरा फगत हुन् । पहिलेको सर्कुलर र बिज्ञप्तीलाइ मैले आज यो पत्र लेख्दै गर्दा पनि दाजेर हेरेको छु र तपाईलाई सम्मान गर्दा गर्दै पनि म निर्धक्क भन्न सक्छु, तपाइले पार्टीको बिज्ञप्तिमा मेरो चरित्र हत्या गरियो, पार्टी छाडे पछि मलाई गिराउन यो हर्कत गरियो भन्ने कुरामा तुक छैन ।

बिज्ञप्तिमा उल्लेखित कुराहरु तपाई पार्टी केन्द्रिय सदस्य र संगठनको अध्यक्ष हुदै आएका कुरा हुन् !! यदि यी आरोपहरु झुटा थिए भने तपाइले पार्टी भित्र रहेर प्रमाणित गर्न चुनौती दिन सक्नु पर्थ्यो ! पार्टी भित्र अनुसन्धान र छलफल चल्दै थियो तपाई सहि हुनुहुन्थ्यो भने यी मुद्धाहरु खारेज हुन पनि सक्थे ! यदी मुद्धा सहि नै ठहरिए पनि गल्ति मान्छेबाटै हुन्छ यसलाई सच्याउदै तपाई नयाँ ढंगले अघि बढ्न सक्नुहुन्थ्यो ! आफ्नो गल्तिको कारवाही भोगेर आएका थुप्रै नेताहरु हाम्रै आखा अगाडी छन् । तर एक्कासी तपाइको पार्टी छाडेको बिज्ञप्ति आउदा तपाईमा कार्यसैलीगत मात्र होइन बैचारिक रुपमौ अस्पस्टता त पलायनता रहेछ भन्ने कुरा पुष्टि भयो ।

कमी तपाईमा नै रहेछ भन्ने खरा पुस्टि भयो !यो बैचारिक अस्पस्टतालाइ तपाइले नेकपा-माओबादी भित्र हुदा चलेको २ लाइन संघर्स वा पार्टीको महाधिबेसनमा राख्नु पर्थ्यो र स्पस्ट हुनु पर्थ्यो !! अहिले पार्टी आफ्नो कार्यदिशा कार्यान्वयनको पिक पोइन्टमा आउदा बहाना बनाएर पार्टी छाड्नु राजनैतिक बैमानी हो र यसले अबसरबादी प्रवृत्तिलाई प्रस्ट देखाउछ ।  व्यक्तिगत अबसरको खोजीमा यता उता ढल्किने प्रवृत्तिको छिटा तपाईलाई पनि लागेको देख्दा मलाई व्यक्तिगत रुपमा निकै दुखि तुल्याएको छ ।

अन्तमा,

प्रिय सुदिप मामा, तपाइको बहिर्गमनले पार्टीलाई धक्का त अबस्य पुग्ला तर त्यो धक्का थेग्न सक्ने सामर्थ्य हामीसंग प्रसस्त छ भन्नेमा म बिस्वस्त छु । बाचा गर्छु हामीले पार्टी भित्र तपाइको कमी महसुस हुन दिने छैनौ । पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निर्धक्क अगाडी बढ्ने छ !! पार्टी छाडे लगत्तै आज सानो गुठ सहित प्रचण्ड ओली मोर्चामा सामेल भएको खबर सुन्दा तपाईलाई पनि अबसरबादी हावाहुरीले छोएछ भन्ने कुराले अलिकति दुखि त बनाएको छ तर मलाई बिस्वास छ तपाइले पार्टी छाडे पनि सुचना बेचेर पार्टीको योजना र कार्यदिशा प्रति गद्दारी गर्नुहुने छैन र आगामी दिनमा नेकपाले आफ्नो पूर्व नेतालाई पार्टीको सुचना बेचेको भन्दै कारबाही गर्यो भन्ने समाचार सुन्न पाइने छैन, हुन त यी कुरा मैले भन्नु पर्दैन तपाई म भन्दा धेरै जान्ने बुझ्ने हुनुहुन्छ । तपाइको नया भनौ की पुरानै भनौ राजनैतिक यात्रा र व्यक्तिगत भबिष्य सफल रहोस शुभकामना ।

उही तपाईलाई सम्मान गर्ने भान्जा 
प्रतिक चन्द

प्रिय भान्जा प्रतिक,
न्यानो अभिवादन ।

भान्जाको पत्रले निक्कै भावुक र उद्देलित बनायो ।त्यसैले केहि नलेखिरहन सकिन । झन्डै भन्जाको उमेर जती नै होला मैले राजनैतिक आन्दोलनमा जीवन ब्यथित् गरेको छु ; यो अंझै जारी रहन्छ । जुन उदेश्यकालागि अघि बढियो त्यसबाट मेरो यो निर्णयले कदापि बिचलित गराउने छैन।

जीवनको यो मोडसम्म आउदा अथाह पीडा चोट र खुशी लिएर आइयो। एउटै यात्रामा कैयन मित्र र सत्रु पनि भेटियो। खै जे भयपनि श्रमजिवी जनताको मुक्तिका खाॅतिर समर्पित हूँदा आजसम्म प्राप्त गरेका अनुभूति हुन्। जसले मलाई सदा अघि बढ्न प्रेरित गरिरहन्छन। मेरो यो निर्णयले हजुरको भावनामा जुन चोट अहिले पर्यो त्यसकालागि माफी चाहन्छु। तर मेरो यो निर्णय सही नै छ भन्ने कुरामा म पूर्ण विस्वस्त छु।

मैले एक दुईवटा कारणले पार्टी छोडेको होइन भान्जा। जहाॅसम्म कारवाहीको कुरा छ त्यो त झन हुदै होइन। वक्तव्यमा भनिए झैं वैचारिक, राजनैतिक र साॅगठनिक अराजकताको समस्या यदि म भित्र थियो भने मलाई त्यो कमिटीमा किन राखियो ? मैले गर्दै नगरेको अपहरणको आरोप लगाएर सर्कुलर गर्नु विल्कूल गलत कार्य हो। मैले जीवनमा व्यक्तिगत स्वार्थकालागि कहिल्यै काम गरिन झन अपराध त गर्ने कुरै हूदैन।

हरेक वस्तुमा विपरित तत्व हुने हुदा म भित्र पनि केही खरावि अवस्य पनि छन्। दुरासयपूर्ण ढंगले जाने हो भने म पार्टीभित्रका सयौं तथ्य सार्वजनिक गर्न सक्छु जसले गर्दा पार्टीको छवि नै धुमिल हुन्छ। मैले त त्यसप्रकारको अराजनैतिक काम गरेको छैन। यत्तिमात्र भनेको छु कि हामीले सोचेको क्रान्ति नेकपाले गर्दैन। यो तथ्य देख्न धेरै समय लाग्नेछैन। भान्जाको जीवन सफल होस् , पत्रको लागि धन्यवाद।

उहि मामा
झक बहादुर मल्ल सुदिप

यस्ताे छ जवाफ

जवाफको लागि धन्याबाद मामा ,

यस बिषयमा म धेरै बादबिबाद गर्न चाहन्न्न । मात्र मेरो गुनासो समस्याहरु जहा पनि हुन्छन हिजो प्रचण्ड संग हुदा झन् धेरै थिए र ति अझै उनको पार्टीमा यथावत छन् । जब मान्छे समस्या संग लड्न छाडेर अर्को बाटो समाउन थाल्छ समस्याले उसलाई झनै पछ्छ्याउन थाल्छ । तपाइलाई समस्या बाट नभागी त्यसको बिरुद्ध लडेको हेर्ने मेरो चाहाना थियो तर तपाई समस्यासंग लड्नुभन्दा बाटो मोडेर बच्ने सजिलो उपाय खोज्नु भयो यसले तपाईलाई क्षणिक आनन्द त मिल्ला तर कालान्तरमा झनै ठुलो समस्यालाई बोलाउछ भन्ने मेरो बुझाई हो ।

दोस्रो, झनै महत्वपूर्ण कुरा हिजो प्रचण्डले अब क्रान्ति गर्न सक्दैनन् यी सुदारबादी संसदीय दलदलमा फसे भनि नया बिचार र कार्यदिशा सहित तपाइँ हामी नया पार्टी बनाउने अभियानमा जुटेका थियौ र बनायौ पनि !! काम गर्ने सिलशिलामा कही कतै राम्रा नराम्रा घटना घटे पनि अहिले नेपालको बैकल्पिक शक्तिको रुपमा खडा भएका छौ यसमा तपाइको पनि महत्वपुर्ण योगदान छ यसलाई नकार्न सकिदैन ।

ठिक छ मा मान्छु तपाईलाई पार्टी यहा सम्म आउदा यो कार्यदिशाले नेपालमा क्रान्ति गर्न सक्दैन भन्ने लाग्यो त्यसमा म सहमत किनकी कसैलाई यो लाग्नु स्वाभाविकै हो तर मैले तपाइको कुरामा सहमत जनाउनुको यो मतलब होइनकी मलाई पनि यो पार्टीले क्रान्ति गर्न सक्दैन भन्ने लागेको छ !! मलाई त १०० प्रतिसत बिस्वास छ हामी सहि बाटोमा छौ एकीकृत जनक्रान्तिको कार्यदिशाले नै नेपालमा क्रान्ति सम्पन्न गर्छौ यदि कथमकदाचित बिप्लाबले यो यात्रा छाडे भने पनि नया विप्लब जन्मिने छ तर यो यात्रा रोकिने छैन यसमा म पूर्ण बिस्वस्त छु यसको उदाहरण हामी नै हौ जुनबेला प्रचण्डले क्रान्तिको बाटो मोडे भन्ने लागे पछि नया प्रचण्ड बनेर निस्केका थियौ ।

तपाई आफ्नो छातीमा हात राखेर मलाई होइन आफैलाई जवाफ दिनुहोस के प्रचण्ड ओली को मोर्चाले क्रान्ति सम्पन्न गर्छ जस्तो लाग्छ तपाईलाई ?? माओबादलाई नै स्वीकार्न नसकेको एमाले संग मिलेर माओबादी आन्दोलन अगाडी बढ्छ जस्तो लाग्छ ?? तपाई हामीले गुमाएका हाम्रा प्रिय शहिदहरुको सपना पुरा हुन्छ जस्तो लाग्छ ?? संसदीय ब्यबस्थामा पैसाको आडमा चुनाब जितेर जनताले न्याय पाउछ जस्तो लाग्छ तपाईलाई ?? संसदीय व्यवस्थाले जनतालाई न्याय दिदैन भन्ने उदाहरण भर्खरै सम्पन्न स्थानिय चुनाबबाट चुनिएका मेयर र जनप्रतिनिधिहरुका कुकर्म आजभोलि दिनहु मिडियाका हेडलाइन बनेर आइरहेका छन् ।

यस्ता अनगिन्ति प्रस्न छन् जसको जवाफ आफैले आफैलाई दिनुहोस । यदि, हिजो हामीले अलग पार्टी बनाउदा प्रचण्ड जुन स्तरमा थिए बाम एकताको नाममा त्यो भन्दा पनि २/३ स्तर तल अबसरबादी धारमा झरेका छन् । हिजो हाम्रा प्रिय शहिदहरुले आफ्नो जीवनको अन्तिम घडीमा पनि मालेमाबाद-जिन्दाबाद भनेर शहिद भएका थिए ।आज प्रचण्डले एमाले संग एकता गर्नको लागि आफ्नो पथप्रदर्सक सिद्धान्त माओबादलाई नै बहसमा ल्याएका छन् हाम्रा प्रिय शहिदको माओबाद प्रतिको बिस्वासलाई नै संसदीय ब्यबस्थामा चुनाब जित्नाकालागी लिलामीमा राखेका छन । यो हामीलाई कदापी स्वीकार्य हुदैन । यो कार्यदिशाले चै नेपालमा जनबादी क्रान्ति सम्पन्न गर्छ हाम्रा प्रिय शहिदहरुको सपना पुरा गर्छ जस्तो लाग्छ भने ठिक छ अगाडी बढ्नुहोस । तर मलाई १ प्रतिसत पनि लाग्दैन त्यसैले तपाईलाई सम्मान गर्दागर्दै पनि तपाइको बिचार र संसदीय चुनाब जित्नको लागि बनेको अस्वाभाविक गठबन्धन तिरको यात्रालाई सम्मान गर्न सकिन माफ गर्नु होला ।
धन्याबाद !!

उही तपाईलाई सम्मान गर्ने भान्जा 
प्रतिक चन्द