के–के गरिन् थाई राजकुमारीले लुम्बिनीमा ?
प्रकासित मिति : २०७४ कार्तिक ४, शनिबार ०१:२७
प्रकासित समय : ०१:२७
थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिनधोर्नले लुम्बिनी भ्रमण गरेकी छन् । राजकुुमारी सिरिनधोर्न शुक्रबार काठमाडौंबाट बुद्ध एअरको विमान चार्टर गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुुँदै लुुम्बिनी आइपुगेकी हुन् ।
थाई एअरको विशेष विमानबाट शुक्रबारै बिहान उनी काठमाडौं आइपुगेकी थिइन् । भैरहवाबाट कडा सुरक्षाबीच लुुम्बिनी पुगेकी राजकुमारीले थाई सरकारद्वारा निर्मित रोयल थाई बिहारमा पूजा–आराधना गरिन् । उक्त बिहारमा उनले आधा घन्टाभन्दा बढी पूजा गरेकी थिइन् ।
बुुद्ध जन्मस्थल लुुम्बिनीको भ्रमणका लागि आएकी थाई राजकुमारीले विश्व शान्ति दीपनजिक रहेको पर्यटक सूचना केन्द्रमा सन्चालित आँखा शिविरको अवलोकनसमेत गरिन् । उनले थाई सरकारको सहयोगमा निर्मित बेबी बुद्ध हुँदै मायादेवी मन्दिरमा पुुगेर दर्शन पनि गरिन् ।