नेपालगञ्जको फेन्सी पसलमा आगलागी, करोड बढीको क्षति

नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा बिहीबार मध्यरात आगलागी हुँदा करिव १ करोड बराबरका सामान जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उप- महानगरपालिका-२ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल होलसेल तथा फेन्सी पसलमा आगलागी भएको हो ।

बाँके प्रहरीका सह प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले विद्युतको सर्टसर्किटबाट आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।स्थानीयबासी, प्रहरी र दमकलको सहायताले आगो लागेको ४५ मिनेटमै नियन्त्रणमा लिइएको थियो