नेदरल्याण्डका प्रधानमन्त्री, जो साइकल चढ्छन्,

समान्यतया सरकार प्रमुखहरु विभिन्न सुरक्षा घेराभित्र रहर सवार हुन्छन् । नेपालका प्रधानमन्त्री बाटोमा हिड्दा करोडभन्दा माथिका गाडीमा दुई सुरक्षा घेराभित्र साइरन बजाउँदै दैनिक बालुवाटार र सिंहदरवार गर्छन् । तर, नेदरल्याण्डका प्रधानमन्त्रीका मार्क रुट साइकलमा विना सुरक्षकर्मी यात्रा गर्छन् । उनी सबै सार्वजनिक कार्यक्रममा साइलक चढेरै पुग्छन् ।

त्यस्तै कार्यालय पुग्दा र निवास फर्कदा पनि साइकलकै प्रयोग गर्छन् । यसैबीच राष्ट्रप्रमुख अर्थात् राजालाई भेट्न साइकल चढेर दरबार पुगेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । उनी सामान्य नागरिक झैं सधैं साइकलमा यात्रा गर्छन् । उनको कोही अगुवा र पछुवा हुँदैनन् । प्रधानमन्त्री मार्क आफै साइकल चलाएर दरबार पुगे । त्यहाँको पार्किङमा आफ्नो साइकल लक गरे । राजालाई नयाँ सरकार गठनबारे जानकारी गराए र आफैले साइकल चलाएर फर्किए ।

संयुक्त राष्ट्र संघका लागि नेदरल्याण्डका आवासीय प्रतिनिधि कारेल भ्यानले उक्त तस्विर सामाजिक संजालमा शेयर गरेका हुन् । जुन अहिले बिश्व भर भाइरल भएको छ । उनी साइकलका पारखी समेत हुन् केही समय पहिले नेदरल्याण्ड भ्रमणमा गएका बेला मर्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइकल उपहार दिएका थिए । बातावरण मैत्री देश बनाउने भएको बताउँदै आएका छन् ।