बाबा राम रहिमको सुटकेस प्रहरी कब्जामा, खोलेर हेर्दा प्रहरी नै चकित !

एजेन्सी,बाबा राम रहीम सिंह इन्साको सयभन्दा बढी सम्पत्तिको विवरण रहेको सुटकेस प्रहरीले हात पारेको छ । बलात्कार अभियोगमा कारावास सजाय भोगिरहेका बाबा रहीमकी छोरी हनीप्रीतले भाग्नुअघि पञ्जाबको गुरुसर मोडियामा एक व्यक्तिको घरमा लुकाईराखेकी खैरो रंगको ठूलो सुटकेस भित्र सम्पतिको सम्पूर्ण विवरण रहेको पाईएको छ।

त्यसबाहेक दुईवटा झोला पनि फेला परेका छन् । तिनमा पनि राम रहीमको कारोबारसँग जोडिएका धेरै जानकारी छन् । प्रहरीले तिनको परीक्षण गरिरहेको छ। कागजातमा केही कम्पनीको उल्लेख छ र केही अधिकारीहरूको पनि नाम छ । तर प्रहरीको अनुसन्धानमा यी मानिसहरूको बारेमा कुनै जानकारी नभएकाले यी कीर्ते नाम हुन् भनी भन्ने शंका प्रहरीलाई छ ।

सुटकेसमा राम रहीमको सम्पत्तिसँग सम्बन्धित बैंक विवरण अनि केही डेबिट र क्रेडिट कार्डहरू भेटिएका छन् । विगत केही महिनामा रुपैयाँहरूको रेकर्ड छ। त्यो करोडौं रुपैयाँमा छ । प्रहरीले यो रकम पञ्चकूला हिंसामा लगानी गरिएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

राम रहीमकी प्रियतमा हनीप्रीतको ल्यापटप हिसार प्रहरीसँग छ । यो ल्यापटप प्रहरीले डेरा सच्चा सौदामा छापा मार्दा फेला पारेको थियो । हनीप्रीतले यसको बारेमा केही थाहा छैन भनेपनि प्रहरीले यसको जाँचका लागि ल्याब पठाएको छ । केही फाइलहरू डिलिट भइसकेको र त्यसलाई रिकभर गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।