आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआजा गरिदै
प्रकासित मिति : २०७४ कार्तिक २, बिहीबार ००:५५
प्रकासित समय : ००:५५
तिहार उल्लासको पर्व । बत्तिको झिलिमिलि, अनि चिसो–चिसो मौसमको आनन्द । यीनै पृष्ठभूमीमा तिहारको रमझमले हरेक नेपालीको मन यतिवेला अनन्दले विभोर बनाइदिएको छ । आदि लक्ष्मी नमस्तेस्तु परब्रह्म स्वरूपिणि यो र यस्तै मन्त्रहरुको स्तुति गर्दै धनधान्यकी देवी माता लक्ष्मीको आज पूजाआजा गरिँदै छ ।
तिहारको सबैभन्दा महत्वपूर्ण दिनको रुपमा हेरिने यस दिन आज घरदैलो सफा गरेर समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । चार रात्री मध्येको एक रात्री सुख रात्रीको दिनको रुपमा समेत पूजाआज गर्ने प्रचलन रहेको छ ।
आजको दिनमा हरेक नेपालीहरुको घरघरमा दुःख, दरिद्र हटोस् । सबैको घरमा सुखशान्ति भित्रियोस् । सबैमा तिहारको शुभकामना ।