बाँके प्रहरीद्वारा विभिन्न अपराधमा संलग्न ब्यक्ती पक्राउपछि सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाँकेले तिहारकाे अवसरमा लुटपाट गर्ने उद्देश्यले  अपराधीक कामममा संलग्न ब्यक्तीलार्इ सार्बजानीक गरेकाे छ ।  अवैध हतियार कटुवा पेस्तोल बोकेर हिडेका तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको हाे।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा सो घटनाको जानकारी दिदै बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङ्गले सुराकीले दिएको जानकारीका आधारमा नेपालगन्ज–२२ पुरैनीबाट कटुवा पेस्तोल लिएर हिडेको अवस्थामा चेकजाँच गर्दा नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको बताए ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज–२२ श्यामता लोनिया, डुडुवा गाउपालिका–३ सुलालपुरुवा बस्ने बाबुलाल पासी र डुडुवा–८ भुन्डुपुरुवाका शेर अली बागवानलाई एक थान कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जानकारी दिए ।

उनले पर्वहरुको बाहना पारेर जुवातास खेल्ने विभिन्न ५ स्थानबाट जुवातास खेल्ने र खेलाउने गरी ३६ जनालाई नियन्त्रणमा लिदै उनीहरुबाट ६ लाख ३९ हजार २ सय ३ नगद रुपैया र जुवा तास खेलाउन प्रयोग हुने तासलगायतका सामाग्री बरामद गरेको जानकारी दिए ।

प्रहरीले बाँकेको कोहलपुरबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जानकारी दिए । उनले भने–‘ कोहलपुर–९ पिपरी नजिकैबाट कोहलपुर–१० का शंकर थारु, कोहलपुर–९ को २० वर्षको जेके चौधरी र वडा नं. ८ को १४ वर्षिय विपी लामालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको हो ।

उनले बलात्कारको घटनामा दोषि रही अदालतबाट दोषि करार भई घटनाको दिनदेखि नै फरार रहेका बाँके बनकटवा जिगाउका विजय सुनारलाई गत २८ गते नियन्त्रणमा लिएर अदालतमा पेशगरी कारागार पठाईएको बताए । सुनारलाई बलात्कारको घटनामा संलग्न रहेर दोषि करार गर्दै ४ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकिएको थियो ।

तिहारको अवसर पारेर जिल्लाका विभिन्न स्थानबाट लुकाई छिपाई ल्याईएको करिव ६५ किलो पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । उनले बाँके बर्दियाको सिमाना मानखोलाबाट नेपालगन्ज ल्याउदै गरेको दुईबोरी लसुनबम सहितको पटाका प्रहरीलाई देख्ने बित्तिकै छाडेर भागेको अवस्थामा बरामद गरीएको प्रहरी उपरीक्षक एसपी तामाङ्गले बताए ।

उनले विभिन्न नाकाबाट घरायसी प्रयोजनको लागि ल्याईएको पटाका करिव ५ बोरी सहित गरी ७ बोरा पटाका विभिन्न क्षेत्रका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको बताए । उनले भारतबाट भन्सार छलेर शरिरमा लुकाई ल्याउदै गरेको अवस्थामा ७० पिस बच्चाको टिसर्ट नियन्त्रणमा लिएर आवश्यक कारवाह्ीको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको जानकारी दिए ।