भ्रामक समाचारकाे खण्डन,मतपत्र अाफुले नच्यातेकाे बिष्णुकाे दावी

राप्रपाकाे बाँकेकाे भातृ संगठन महिला संगठनकाे शनिबार भएकाे अधिबेशनमा अध्यक्षकी प्रत्यासी बिस्णु सिंह ठकुरीले अाफुले मतपत्र नच्यातेकाे दावी गरेकी छन  । मतपत्र च्यातिएकाे भन्ने कुरामा अनाबश्यक हल्ला भएकाे बताएकी छन । अध्यक्षकी प्रत्यासी समेत रहेकी ठकुरीले अाफु बिरूद्भ अनर्गल प्रचार गरेर केहि मिडियामा भ्रामक समाचार अाएकाे भन्दै अाफुलार्इ त्यसले गम्भिर बनाएकाे समेत बताएकी छन ।

अाफु संगठनकाे हरेक संगठानीक अनुशासनकाे पक्षमा रहेकाे भन्दै त्यस्ता अनैतिक काम अाफुबाट कहिल्यै हुन नसक्ने समेत बताएकी छन । अाफनाे नेतृत्व करिब कन्फर्म जस्तै देखिएपछि अाफनाे बिरूद्भ गरेकाे षडयन्त्र भएकाे बताएकी छन । उनले अाफनाे नाममा अर्काे पक्षले ज्यादती गरेकाे समेत अाराेप लगाएकी छन ।

राप्रपा नेपालकाे एकिकरण पछिकाे महिला संगठनकाे पहिलाे अधिबेशनमा अध्यक्षमा बिस्णु सिंह ठकुरी र इन्दिरा साहीकाे उम्मेदवारी रहेकाे छ । अधिबेशन केहि समयका लागि स्थगित भएकाे बताइएकाे छ ।