दार्जिलिङ नेपाली भाषीका घरमा बेनर्जी सरकारको योजनामा अागजनी

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घर तोडफोड तथा अागजनी गरिएको छ । अन्य धेरै नेता- कार्यकर्ताहरूको घरमा आगजनी भएको छ ।

अध्यक्ष गुरुङ ३० अक्टोबरका दिन दार्जिलिङमा आउन तयारीमा थिए ।मोर्चाका नेताहरुका अनुसार तोडफोड र अागजनीमा सरकारी सुरक्षाकर्मीको सहयोगमा विनय तामाङका कार्यकर्ताहरु संलग्‍न छन् ।

गुरुङ दार्जिलिङ अाउने भनेपछि पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नै सुरक्षाकर्मी लगाएर अागजनी गर्न लगाएको मोर्चाका नेताहरुले अारोप लगाएका छन‍् ।