नेपालगन्ज बसपार्क पुर्ननिर्माण कार्यमा लापरवाही

कहाँ छन सराेकारवाला निकाय ?

नेपालगन्ज उपमहानगरपालिका भित्ररहेको बसपार्क पुन निर्माणको कार्यमा चरम  लापरवाही देखिएको छ । ११ महिनामा सक्नेगरी सुरु गरिएको अत्याधुनिक बसपार्क निर्माण ढिलासुस्तीका कारण अलपत्र परेको हाे । ११ महिना बितेपनि बसपार्क निर्माणको काम १५ प्रतिशत मात्र सकिएको छ । निर्माण सम्पन्न गर्न चार महिना बाँकी रहँदा ८५ प्रतिशत काम अधुरै रहेको छ ।

मध्यपश्चि क्षेत्रकै औद्योगिक नगरि भनेर चिनिने नेपालगन्ज बजारमा अत्याधुनिक बसपार्क निर्माण कार्यमा चरम लापरवाही देखिएको हाे ।  गत जेठबाट सुरु गरिएको निर्माण कार्य सक्नुपर्ने ३ महिनामात्रा बाकी रहेको छ ।  तैपनी ३ महिना मात्रा बाँकी रहदा निर्माणको कार्यले गति लिन सकेको छैन । नेपालगन्ज उपमहा–नगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।

निर्माण कम्पनीसँग भएको सम्झौता अनुरुप १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी कामको सुरुवातको थालनी भएको थियो । अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन १५ महिना भित्रको सम्झौता भएपनि सम्झौता भएको महिना अवधिमा पुरा हुने संकेत नदेखिएको स्थानियले बताउदै आएका छन् । २० करोड रुपैयाँको लागतमा १५ महिना भित्र निर्माण सम्पन्न हुने बसपार्क निर्माणमा विभिन्न कारणले गती लिन सकेको छैन ।

सवारी साधनलाई पार्किंङ गर्न सहज हुने र यात्रीहरूलाई सुविधासम्पन्न बसपार्कको अनुभव गराउनका लागि १५ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले समयमा काम नगर्दा बसपार्क निर्माणको काममा ढिलाइ भएको हो । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायी पनि दबाव बनाउँदै आएका थिए ।

हरेक गाडीबाट दैनिक २० रुपैयाँ देखि सय रुपैयाँ सम्म शुल्क उठाउदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको हो । यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगर (पालिकाको योजना छ । बसपार्कबाट राजधानी लगायत पूर्व(पश्चिम तथा उत्तर तर्फ गरी दैनिक ४ सय बढी साना ठूला बसहरू संचालनमा रहेका छन् ।