दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर घाईते

दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो ।

स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।