माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको तयारी
प्रकासित मिति : २०७४ आश्विन २९, आईतवार ०१:२६
प्रकासित समय : ०१:२६
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो ।
संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन । आजको कान्तिपुरमा यो खबर छ ।
माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सोरेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो ।