सबैले जानी राख्नु पर्ने कुरा,मृत्युपछि शरीरका अंगहरु चल्छन !

मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुर्व्यहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् ।

मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको ज्ञान सर्वसाधारणलाई नहुँदा समय समयमा मानिसको मृत्यु भइसकेपछि पनि यसले थप अप्रिय घटना सृजना गर्ने गर्छन् ।

मृतु भएको केही समयपछि मांसपेशी कसिलो बन्दै जान्छ, जसका कारण कतिपयको दिसापिसाब निस्कने, शरीरका अंग तन्किने र खुम्चने गर्दछन् । जसकारण मृतकका आफन्तलाई अंग चलाएको र जीवित्तै रहेको भ्रम सिर्जना हुने गर्दछ ।

यस अनुसार तापक्रमको आधारमा मृत्यु भएको समयदेखि ४८ घण्टासम्म मांसपेशी कसिलो बन्दै जान्छ भने त्यसपछि सड्न शुरु भएपछि पुनः खुकुलो बन्दै जाने गर्दछ ।

यस्तो अवस्थामा अंग चलेको भ्रम पैदा हुन सक्छ ।अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले मानिसको मृत्युसँगै शरीरका सबै अंग निष्क्रिय भएर मांसपेशी शिथिल हुने बताए ।

उनका अनुसार मानिसको मृत्युपछि मुटुको धड्कन बन्द हुने, रगतको प्रवाह नहुने, श्वासप्रश्वास बन्द हुने भए पनि मृत्यु प्रमाणित गर्नका लागि भने इसिजी नै गर्नुपर्ने हुन्छ ।

इसिजि रिपोर्टमा सिधा रेखा आएसँगै मानिसको मृत्यु भएको प्रमाणित हुन्छ ।कतिपय अवस्थामा छोटो समयका लागि जीवितका लक्षण गुम्ने र पुनःफर्किने गरेको पनि पाइन्छ । जसका लागि तत्कालै मृत्यु घोषणा नगरी चिकित्सकले विभिन्न उपायमार्फत् जीवित लक्षण खोजी गर्ने गर्दछन् ।

डा मण्डलकाअनुसार भर्खरै जन्मिएका बच्चा, लामो समयसम्म तपस्या गरेका योगी, कोमामा गएका बिरामी लगायतको केही समय धड्कन नदेखिने, श्वासप्रश्वास रोकिने जस्ता जीवित नभएका लक्षण देखिने भए पनि पुनःपूर्ववत अवस्थामा आएर जीवितका लक्षण देखिएका केही उदाहरण भने भएको मण्डलले बताए ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीले अस्पतालमा आएका बिरामीको मृत्यु भएमा चिकित्सकले सबै खालका लक्षण हेरी इसिजि समेत गरेर प्रमाणित गरेर मात्रै मृत घोषणा गर्ने गर्दछन् ।

यद्यपि मृत्युपछि अंग चलेको देखिने भ्रमका कारण मृतकका आफन्त उत्तेजित हुने गरेको उनले बताए ।सबैमा मृत्युपछि हुने प्रक्रियाका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।