बाम गठबन्धनबाट अलग्गिए डा. भट्टराई

एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने तयारीमा रहेका डा. बाबुराम भट्टराईले सहमति तोडेका छन् । गठबन्धनलाई नसोधी नयाँ शक्ति पार्टीको तर्फबाट आफुनो सहित सबै उम्मेद्वारको उम्मेद्वारी घोषणा गरे । यसले भट्टराई भागबण्डा नमिल्दा अलग्गिएका छन् ।

गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै आफ्नै चुनाव चिन्हमा लड्ने निर्णय सहित संयाजक डा. भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी घोषणा गरे । साथै अरु उम्मेद्वारकोपनि औपचारिक निर्णय लिए ।

नयाँ शक्ति पार्टीको संघीय सचिवालयको शुक्रबार बसेको बैठकले बाबुरामसहित पाँच जनाको उम्मेदवार घोषणा गरेपछि यता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्दू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलमलमा परेका छन् । नयाँ शक्तिको निर्णयअनुसार कैलाली क्षेत्र नम्बर ३ बाट कृष्णकुरमा चौधरी, दानबहादुर चौधरी कपिलबस्तु–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।

यस्तै, नयाँ शक्तिले रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने नयाँ शक्तिले निर्णय गरेको छ । गठबन्धनमा सहमति नजुटेपछि उम्मेदवारी घोषणा गरेको नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।

यद्यपी विभिन्न ठाउँमा तालमेलको पहल भने जारी नै राख्ने नयाँ शक्तिले निर्णय गरेको छ । उम्मेद्वारीको तय गर्न तथा विभिन्न पक्षहरुस“ग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने सो पार्टीले निर्णय गरेको छ ।