टिकट लिन नेताको घरमा भिड: सुनसान पार्टी कार्यालय

उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं आएका छन् ।

प्रमुख राजनीतिक दलको पार्टी कार्यालय र संसदीय दलको कार्यालय सुनसान भएका छन् भने पार्टीका शीर्ष नेताहरुको घरमा बिहानदेखि बेलुकासम्म भिडभाड हुने गरेको छ ।