चौसट्ठी बर्षिय बृद्धद्धारा सुस्त मनस्थितिकी बालीका बलात्कृत

छेडागाड नगरपालिका–१० का चौसट्ठी बर्षिय बृद्धले बालिका बलत्कार गरेका छन् । गाउँकै सुस्त मनस्थिति भएकी बालिकालाई चौसट्ठी बर्षिय मोति पुनले बलात्कार गरेका हुन् ।

आफ्नै घरमा सुतिरहेकी १५ बर्षिय बालिकालाई गत शनिवार राति पुनले बलत्कार गरेको प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए । बृद्धले कोठामा थुनेर बलात्कार गरेका थिए ।

बलत्कार पछि सुस्त मनस्थिति भएकी बालिका थप मानसिक विचलनमा परेको प्रहरी प्रमुख रिमाले वताए । पिडितको जाहेरी अनुसार बलत्कार आरोपी पुनलाई नियान्त्रणमा लिएर जवरजस्ती करण मुद्धा अन्तरगत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पिडक पुनका श्रीमती, पाँच छोरा र चार छोरी रहेका छन् ।