विवाद भयो, भएन पुननिर्माण: उम्रियो झार, अस्तित्व संकटमा

सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ ।

पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ । आजको नागरिकमा खबर छ ।

करिब एक बर्षअघि पुननिर्माणका लागि भन्दै रानीपोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो । पोखरीलाई सुख्खा बनाइए पनि पुननिर्माण अघि नबढ्दा रानीपोखरीको अस्तित्व नै संकटमा पर्ने देखिएको छ ।