नागरिकता त्यागेर अमेरिका भासिएका पनि उम्मेदवारमा सिफारिस

लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाल नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ। अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाएको छ। क्षेत्र नम्बर १ बाट नेता हरिशरण श्रेष्ठलगायतको नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो।

तर जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर पठाएको छ। लामो समयदेखि अमेरिकामा बसेका मोक्तान अहिले उम्मेदवार सिफारिसका लागि नेताहरूको घरदैलो धाउन थालेको कांग्रेस नेता तथा कार्यकर्ताको आरोप छ। नेता प्रकाशमानसिंहको घरमा पटकपटक पुगेर उनले आफूलाई समानुपातिक सांसद बनाइदिन आग्रह गरेका छन्। वषौंदेखि पार्टी राजनीतिमा लागेकाहरूलाई बेवास्ता गरी रकमको चलखेल गरी यसरी सिफारिस गरिनु गलत भएको सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ता बताउँछन्।
2