गत वर्ष केही तंग्रिएको अर्थतन्त्र फेरि खस्किदैं

भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतन्त्रका मुख्य सूचक फेरि धमिलिएका छन् । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार हुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किदैं गएको हो ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो दुई महिनामा राजस्व लक्ष्यअनुसार उठेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकम बढी भएकाले मुलुकले अन्तर्राष्ट्रिय कारोबारमा करिब ३ अर्ब रुपैयाँको खुद घाटा व्यहोरेको छ । निर्यात घट्दो क्रममा छ भने अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा पनि सुधार हुन सकेको छैन ।

अर्थतन्त्रमा मुख्य योगदान दिने क्षेत्रमा आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतका बीच सीमित हुने तथ्यांक दातृ निकायहरुले सार्वजनिक गरेका छन् । –कान्तिपुर दैनिकबाट