मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप छनोट

इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना विश्वकप छनौट भएको छ । कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप खेल्ने मौका प्राप्त गरेको हो । केही बेर अगाडि समाप्ती भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । इब्राको गोलले अग्रता लिएको इक्वेडरले अन्तिम समयसम्म कायम राख्न नसक्दा पराजित हुन पुग्यो ।

मेस्सीले १२ औं मिनेटमा बराबरी गोल भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरे । अर्जेटिना अहिले २८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । विश्वकप सन् २०१८ मा रुसमा हुनेछ ।