गुन्डा नाइके दीपक मनाङे एमालेबाट उम्मेदवार सिफारिस
सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ ।
एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यस पटक यी दुई पार्टीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।
कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ भने एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ ।
कांग्रेसले प्रदेशको क्षेत्र नं. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । त्यस्तै एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै, कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ । एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ । कांग्रेसका सांसद गुरुङ संविधान सभा निर्वाचन २०७० मा विजयी भएका थिए, नयाँ पत्रिकामा खबर छ ।