११औँ गोदावरी पुष्पमेला असोज २६ गते देखि जावलाखेलमा हुने

शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने नाराका साँथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको हाे  । 

शुभदीपाललीको अवसर पारेर ११औँ पुष्प प्रदर्शनी यही २६ गते देखि ४ दिन जावलाखेलको खेल मैदानमा सञ्चालन हुनेछ । पुष्प व्यावसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकुल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनकालागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसाजु श्रेष्ठले बताए ।

उक्त मेलामा गोदावरीका विभिन्न ४ ओटा जात समेटेर यो प्रतियोगीता पनि सम्पन्न हुन लागेको मेला संयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालको वर्तमान उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी गराए । तिमिल्सिनाले भने ‘पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलहरूलाई आमजनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नकालागि यो प्रदर्शनी गर्न लागेका हौँ ।

प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिष्पर्धा सहभागी गराउनका लागि ३ ओटा छुट्टै स्टल राखिने भन्दै तिमल्सिनाले पुष्प व्यवसायीहरूमा जसले मिहिनेत गरेर उत्पादन गरेका छन, उनीहरूलाई अझैँ प्रोत्साहित गर्न पुरस्कार पनि दिइने तिमल्सिनाले बताए । नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस भन्ने यस मेलाको उद्देश्य रहका आयोजकले जनाएको छ ।

मेला आयोजक कमिटी गठन गरी ति कमिटीले आ आफ्नो जिम्मेवारी अनुसारका काम पनि युद्धस्तरमा भैरहेको सो संस्थाले बताएको छ । मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, सुचनामुलक स्टल ३ ओटा, प्रतिस्पर्धात्मक ३ ओटा गरी जम्मा ५० ओटा स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकोछ छ ।मेलावाट पुष्प व्यावसाय सञ्चालन गर्न चाहने, घर आगँन तथा वगैँचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धि ज्ञान हासिल गर्न चाहने सबैलाई पुष्प व्यावसायको क्षेत्रमा भए गरेका नयाँ–नयाँ प्रविधि र उपलव्धि सहितका जानकारी समेत मेला स्थलबटै प्रदान गरिने पनि एसोसिएसनका महासचिव मिनबहादुर तामाङले बताए ।

नेपालमा सन १९५० बाट सामान्य स्तरवाट सुरु भएको पुष्प व्यावसाय शहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यावसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका ठाँउहरुमा फैलिदै गएको छ । नेपालमा पुष्प व्यावसाय र्आिर्थक यस आर्थिक वर्षसम्म आईपुग्दा लगभग ३९ जिल्लामा ६ सय ७८ पुष्प व्यावसाय विस्तार भईसकेको र १ सय ५३ क्षेत्रफलमा पुष्प व्यावसाय हुने गरेको छ । सो संस्थाले गत र्आिर्थक वर्षमा एक अर्व ७१ लाख वरावरको कारेवार गरेको थियो । ।