ढुंगामुढाको स्थितीबाट आक्रान्त बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै

नेपालगञ्ज,आपसी विवादपछिको उत्पन्न ढुंगामुढाको स्थितीबाट आक्रान्त बनेकाे बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै गैरहेकाे छ ।  नेपालगञ्जदेखि दक्षिण पुर्व ६ किमीको दुरीमा रहेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका केही स्थानमा असोज १५ गते अर्थात दशैको भोलीपल्ट स्थानीयवीच विवाद बढेर झडपको स्थिती सिर्जना भएको थियो भने ५ जना घाईते भएका थिए ।

विभिन्न गाउँमा राखिएका दशैंको दुर्गा मूर्ति र मोहरर्मको ताजिया विसर्जनका लागि लैजाँदै गर्दा दुई पक्ष (हिन्दु र मुस्लिम यूवा)बीच विवाद सिर्जना भई हात हालाहाल र ढुंगामुढाको स्थिती उत्पन्न भएको थियोे । सुव्वापुर्वामा मुस्लिम यूवाहरुले बाजा नबजाउन गरिएको दवावलाई हिन्दु यूवाहरुले सहन नसकेपछिको उत्पन्न स्थिती सबैको सुझवुझपछि साम्य भएपनि पुन बल्दीपुर्वामा घट्ना पुनरावृति हुन पुगेको थियो ।

दुई पक्षवीचको झडपले स्थिती तनावपूर्ण भएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरिक्षक टेक बहादुर तामाङले जानकारी दिनु भयो ।  सो घटना लगत्तै विवाद÷द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल सम्वाद समूह बाँकेले चाँसोका साथ सम्वाद प्रक्रिया बढाएपछि अहिले स्थिती सामान्य बन्दै गएको छ भने आपसी सम्वन्ध सुदृढ हुँदैछ ।

घटनालगत्तै विवाद विश्लेषण तथा शान्ति÷ सदभाव कायमका लागि समूहका तर्फबाट सरोकारवालासँग स्थलगत भेटघाट, अध्यन र सम्वाद प्रक्रिया बढाइएको थियो । समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, समूहका सदस्य अधिवक्ता द्धय प्रहलाद वहादुर कार्की, विश्वजित तिवारी र मधु पौडेलसहितको टोलीले वडा अध्यक्ष मोहनराज मिश्र, हिरमिनीया पुर्व अध्यक्ष अशिक अली शेष, प्रत्यक्षदर्शी, पीडित, प्रहरी इन्चार्ज लगायत दुई दर्जन बढीसँग सम्वाद गरेको थियो ।

सम्वाद प्रक्रियामा पीडितहरुले आफुहरुमाथिको पीडा र आधात कम गर्न र न्याय दिन राज्य लगायतले पहल गर्नु पर्ने माग गरेका छन् । ढंगा प्रहारबाट सामान्य घाईते उनीहरुले आफनै खर्चमा उपचार गराएका छन् । घटनाका ं प्रत्यक्षदर्शी÷घाइते एवं हिरमिनीया ४ (साविक)का पुर्व अध्यक्ष बाबुलाल यादवले आपसमा मिल्नु बाहेकको विकल्प नभएको भन्दै एक अर्को व्यक्ति र समुदायप्रतिको रिस पखालीनुपर्ने बताउनु भयो । सुव्वापुर्वाका मुस्लिम यूवा अगुवा विराउन शेष स्थिती सहज देखिएपनि एक अर्काप्रतिको दुरभाव कम गर्ने कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यक्ता औल्याउनुहुन्छ ।