विवेकशील साझाले काठमाडौंमा उम्मेदवार टुंगो लगायो : १ मा रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको खबर आजको नयाँ पत्रिकामा खबर छ ।

पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १, अर्का संयोजक उज्ज्वलबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने निर्णय पार्टीले गरेको प्रवक्ता रमेश पौड्यालले जानकारी दिए ।

उनका अनुसार काठमाडौं क्षेत्र नम्बर ४ बाट सुबुना बस्नेत, क्षेत्र नम्बर ८ बाट पुकार बम, क्षेत्र नम्बर ९ बाट मिलन पाण्डे र क्षेत्र नम्बर ७ बाट अनुपा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।