आखिर कसले हान्यो दिनदाहाडै ब्यवसायी शरदकुमार गौचनमाथी गोली ?
नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएकाे थियाे । तर अज्ञान व्यक्तिले गौचनलाई गोली हानी हत्या गरेपछि विभिन्न आशंकाहरू भने जन्मिएका छन् ।
प्रहरीकाे निशाना रमेश बाहुनमाथी
अहिलेसम्म गौचनलाई कसले किन गोली हान्यो भनेर प्रहरीले पत्ता लगाउन सकिरहेकेा अबस्था छैन । यद्यपि प्रहरीले रमेश बाहुनको समूहले गोली प्रहार गरेको हुन सक्ने आशंका भने गरेको छ । प्रहरीले शंका गरेका रमेश बाहुन उर्फ सुजन पौडेल भने कारागारमै छन् । प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्रै गौचनमाथि हातपात गरेको दावी गरेको छ । त्यसैको आधारमा प्रहरीले गौचनको हत्यामा बाहुनको हात रहेको आशंका गरेको छ । महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताएका छन् । उनले भने, ‘अहिले काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर खोजतलास भइरहेको छ ।
गौचनको टाउको, बायाँ कोख र छातीमा तीन गोली लागेको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचन चढेको गाडीमा इट्टा प्रहार गरेको र गाडीबाट झरेपछि गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो । डाँफे कन्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनलाई खरिबोट चोकमा मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाई छ ।