जहाज उडेर कहाँ जान्छ
प्रकासित मिति : २०७४ आश्विन २३, सोमबार १०:५०
प्रकासित समय : १०:५०
बादलको बाटो भएर जहाज उडेर कहाँ जान्छ
हर्दिन हजारौ जिन्दगीहरु बटुलेर कहाँ जान्छ ।
मेरी आमाको अनुहारमा हासो कहिल्यै देखिन
हरे यो भगवान पनि खुशी लुटेर कहाँ जान्छ ।
थुक निलेर भोक मेटाई रहेछ बालक सडकमा
गरिबको निधारबाट भाग्य छुटेर कहाँ जान्छ ।
रातभरी ताराहरुसंग हास्दै खेल्दै रमाउदै जुन
एकाबिहानै मिर्मिरे प्रहरमा उठेर कहाँ जान्छ ।।
हुम्ला हाल काठमाडाैँ