तिहारको मुखमा छोराले गरे आमाको हत्या
प्रकासित मिति : २०७४ आश्विन २३, सोमबार ०१:३५
प्रकासित समय : ०१:३५
दशैं सकिएर तिहारको चहलपहल सुरु भएसँगै जिल्ला एक जना युवाले आमाको हत्या गरेका छन् । दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा कुमार बस्नेतले आमाको हत्या गरेका हुन् ।
बारीमा घाँस काटिरहेकी आमाको टाउकोमा प्रहार गरी भिनपा ८ मोहरटोलका बस्नेताले आमा खड्गमायाको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार खड्गमायाका घटनास्थलमै मृत्यु भएको थियो । कुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।