खड्काका बदमासी छताछुल्ल हुँदै,करोडौ असुलेर ट्यांकरलाई अनुमति

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका छन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । आजको नागरिकमा खवर छापिएको छ ।

खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन । विनियमावलीमा ट्यांकर सञ्चालन गर्न आवश्यक भए सार्वजनिक सूचना जारी गरेर आवेदन लिनुपर्ने कानुनी व्यवस्था भए पनि खड्काले सूचना नै ननिकाली अनुमति दिएका हुन ।