अन्ततः यसरी झुक्यो भारत, सीमा रक्षक देवनारायण यादव रिहा

यसरी पक्राउ परेका थिए यादवका बाबुछोरा

भारतमा एक सातादेखि थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन्। सप्तरीको तिलाठीमा नेपाली भुमी अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसंग लडेका देवनारायण र उनका छोरालाई जिल्ला सत्र न्यायालयको आदेशपछि मुक्त भएका हुन्। आफ्नै बुहारीलाई अपहरण गरेको मुद्दामा उनीहरु भारतीय सुरक्षाकर्मीको हिरासतमा थिए।

एक सातादेखि भारतीय जेलमा रहेका दशगजा आन्दोलनका अगुवा सप्तरी तिलाठीका देवनारायण यादव रिहा भएका छन् । बुहारी ज्योतिकुमारीले दिएको बयानका आधारमा भारत बिहारको वीरपुरस्थित अनुमण्डलीय व्यवहार न्यायालयले यादव बाबु–छोरालाई साधारण तारेखमा रिहा गर्न शनिबार आदेश दिएको हो ।

चार दिनदेखि भारतीय न्यायालयमा जारी रहेको बहसलाई शनिबार सहायक न्यायिक अधिकारी अभिषेक रञ्जनको एकल इजलासले टुंग्याउँदै दुवैलाई रिहा गर्न आदेश जारी गरेको हो । अपहृत भनिएकी भारत कुनौलीकी ज्योतिकुमारीले आफ्नो अपहरण नभएको र यादवका छोरा अजयसँग राजीखुसी प्रेम विवाह गरी उनकै घर (तिलाठी) मा बस्दै आएको बयान दिएकी थिइन् । त्यसपछि यादव बाबु–छोरालाई रिहा गर्न आदेश दिएको यादवका भारतीय अधिवक्ता प्रभाकर सिंहले टेलिफोनमा बताए ।

यादव बाबुछोराविरुद्धको मुद्दा टुंगिन बाँकी

अदालतले यादव बाबु–छोराको मुद्दा अझै टुंग्याएको छैन । ज्योतिकुमारीका दाजुले भारतीय प्रहरीमा यादव परिवारमाथि दिएको अपहरणसम्बन्धी मुद्दाको अनुसन्धान जारी राख्न भारतीय प्रहरीलाई निर्देशनसमेत दिएको छ । ‘ज्योतिकुमारीले भागेर र भगाएर विवाह गरेका वेला उनी बालिग थिइन् कि नाबालिग, यसको अनुसन्धान गर्न अदालतले प्रहरीलाई भनेको छ,’ अधिवक्ता सिंहले नयाँ पत्रिकासँग भने, ‘अब प्रहरीले अदालतमा बुझाउने अन्तिम प्रतिवेदनको आधारमा मुद्दाको फैसला हुनेछ ।’ सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भारतीय अदालतको आदेशमा यादव बाबु–छोरा साधारण तारेखमा रिहा भएको जानकारी दिँदै दुवैजनालाई नेपालतर्फ ल्याउने काम भइरहेको जानकारी दिए ।

यसरी पक्राउ परेका थिए यादव बाबुछोरा

१४ असोज राति सीमावर्ती भारतीय बजार कुनौलीमा भइरहेको नाचगान हेर्न पुगेका देवनारायणका छोरा अजयसहित तीनजना नेपाली युवालाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका तीनमध्ये दुईजनालाई भारतको कुनौली थानाका अधिकारीले १५ असोजमै रिहा ग¥यो । तर, यादवका छोरा अजयमाथि अपहरणसम्बन्धी मुद्दा रहेको भन्दै रिहा गरिएन । छोरालाई भारतीय प्रहरीले रिहा नगरेपछि १५ असोजमा कुनौली थाना पुगेका यादवलाई सबइन्सपेक्टर विनोदकुमार यादवले कुटपिट गर्दै पक्राउ गरी सोही दिन साँझ वीरपुरस्थित भारतीय जेल चलान गरेका थिए । स्रोतका अनुसार यादवसँग छोरालाई छाड्न भारतीय प्रहरीले ५० हजार रुपैयाँ घुस मागेको र दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको थियो ।

इस्यु त दशगजा प्रकरणै हो : तिलाठीवासी

१३ साउन ०७३ मा खाँडो खोलाको मुहान बन्द हुने गरी भारतले दशगजामा बाँध निर्माण थालेपछि देवनारायण यादवको अगुवाइमा तिलाठीवासीले आन्दोलन गरेका थिए । तिलाठी र कुनौलीवासीबीच कुटाकुट हुँदा यादवसहित एक दर्जन नेपाली घाइते भएका थिए । ‘अपहरणको मुद्दा लगाएर बेइज्जती र दुःख दिने काम मात्रै भारतीय प्रहरीबाट भएको हो,’ तिलाठीका चन्दनकुमार झाले भने ।

सीमामा गरेको प्रतिकारको बदलास्वरुप भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका देवनारायण र छोरा अजय यादवलाई शनिबार रिहा हुने भएका छन् । यादवका तर्फबाट बहस गरिरहेका अधिवक्ता प्रभाकर सिंहले अपहरण गरिएको दाबी गरिएकी बुहारी ज्योति, छोरा अजय र देवनारायणको बयान शुक्रबार सकिएको जानकारी नेपाली सुरक्षाकर्मीलाई दिएका छन् । न्यायिक तथा प्रशासनिक प्रक्रियामा कुनै अलमल नभए उनी आज छुट्नेछन् ।

अधिवक्ता सिंहका अनुसार दुवैलाई सामान्य तारेखमा वा अति न्युन धरौटीमा रिहा गर्ने सम्भावना रहेको छ । सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण भारतीय सुरक्षाकर्मीको बलमिच्याइँविरुद्ध निरन्तर लड्दै आएका छन् ।