सामाजीक सद्भावका लागी हिन्दु मुस्लिमको संयुक्त र्याली

बर्दिया, (लालपुर) । हिन्दु र मुस्लिम पक्ष विचको द्वन्द्ध पछि आज हिन्दु र मुस्लिम दुवै पक्षले सद्भाव र्याली निकालेका छन । हिन्दु समुदायहरुले नवरात्रको अवसरमा स्थापना गरेको देवीको मुर्ति र मुस्लिम समुदायहरुको ताजिया विसर्जनको विषयलाई लिएर दु्ई पक्षबीच झडप भएपछि स्थिति सामान्य बनाउन बर्दियामा सद्भाव र्याली निकालिएको हो ।

दुबै पक्षले द्वन्दलाई थप नचर्काउने र शान्ति कामय गर्ने प्रतिवद्धता जनाएका छन । हिन्दु, मुस्लिम, शिख, इसाई, हामी सवै भाई भाईको नारा लगाउँदै बृहत र्याली निकालिएको हो । सद्भाव र्यालीबाट धार्मिक सहिष्णुतासहित स्थानीय तहमा सम्बन्धलाई मजबुत बनाउन सहयोग पुग्ने स्थानीयले विश्वास व्यक्त गरे ।दुवै समुदायबीच लामो छलफलपछि शुक्रबार लालपुरमा सद्भाव र्याली निकालिएको हो । सिचाइँ मन्त्री सञ्जयकुमार गौतम, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, मुस्लिम आयोगका अध्यक्ष नसरुद्दिन शेष, स्थानीय प्रहरी प्रशासन, पत्रकार, वुद्धिजीविहरुको निरन्तरको प्रयासमा र्याली निकालिएको हो ।