चाँदीको मूर्तिसहित एक भारतीय नागरिक पक्राउ

चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो । साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ ।