लाभका लागि मर्यादाको खिल्ली : डिआइजीकै हैसियतमा पार्टी प्रवेश
प्रकासित मिति : २०७४ आश्विन २१, शनिबार ०१:०१
प्रकासित समय : ०१:०१
राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।
प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । आजको नागरिकमा यो खबर छ ।
राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।