यस्ताे छ देउवाविरुद्ध एमाले र माकेका सांसदहरुको गोप्य हस्ताक्षर अभियान

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको छ । एमाले-माओवादी केन्द्रको एकतासँगै देउवाविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको हो ।

गोप्य रुपमा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले गोप्य रुपमा सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन् । स्रोतका अनुसार देउवा सरकारले चुनाव सार्ने वा एमाल-माके एकतालाई असर पार्ने गतिविधि गरे सरकार ढाल्‍ने तयारी एमाले र माओवादी केन्द्रले गरेको छ ।
भरपर्दो बहुमत नपुगेपछि नेपाली काँग्रेसले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीलाई रोकेको थियो ।

देउवाले माकेका मन्त्रीलाई बर्खास्त गरेसँगै अविश्वासको प्रस्ताव दर्ता गर्ने एमाले-माकेले तयारी गरेको स्रोतले बतायो । यही कुरालाई बुझेर होला प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्न बाँकी ठाउँहरुमा अाज र भोलीसम्ममा टुंग्याइसक्ने बताएको छ । अाजै गोरखापत्र संस्थानको महाप्रबन्धक र चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी छ ।