सिकलसेल रोगबारे सचेतनाका लागि कोहलपुरमा बृहत सांस्कृतिक कार्यक्रम

थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगबारे सचेतना प्रवाह गर्न कोहलपुरमा साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सिदार्थ एकिकृत विकास केन्द्रको आयोजनामा मंगलबार कोहलपुर ५ रझेनामा एनिमिया रोगबारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रम गरिएको हो ।

कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जु कुमारी थारुले थारु समुदायमा मात्र देखिएको रोग सिकलसेल एनिमियाबारे सचेतना प्रवाह गर्न आयोजिक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइन । थारु समुदायको लोपन्मुख कला सँस्कृती जगेर्णसँगै सिकलसेलबारे सचेतना प्रवाह गर्न साँस्कृतिक कार्यक्रम सफल भएको र आगामी दिनमा सिकलसेलबारे अभियानकै रुपमा यस्ता कार्यक्रम गरिने उहाँको भनाई रहेको थियो । नाटक, गित लगायतबाट स्थानीय कलाकारहरुले सिकलसेल रोगबारे सबैलाई जानकारी गराएका थिए ।

कार्यक्रम विभिन्न थारु परम्परा तथा संस्कृती झल्कने साँस्कृतिक नाच, परम्परागत सामाग्रीहरु समेत प्रदर्शन गरिएको थियो । सास्कृतिक कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिह थारु, पर्यटन पत्रकार संघ बाँकेका उपाध्यक्ष कृष्ण ओली, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु स्थानीय जनप्रतिनिधी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।