कर्णालीमा पौडी खेल्दा उच्च जोखिम,अधिकांशको शवसमेत भेटिँदैन

कर्णाली नदीले पटक पटक कैयौं होनहार युवाहरुको ज्यान लिएको छ । आजको नागरिकमा खबर छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । जसको नत लाश भेटियो न उनीहरु जीवितै रहेको कुनै आधार छ ।

यस्ता घटना बारम्बार दाहेरिरहेका छन् । चिसापानीको पुलको आसपासमा पौडी खेल्न प्रतिबन्ध लगाइएको छ । घुम्न जानेहरु लुकिछिपी पौडिने गरेको पाइन्छ ।

धेरै व्यक्ति पौडी खेल्ने, नदी तर्ने, र्याफ्टिङ गर्ने, डुंगा दुर्घटना लगायतमा परेका छन् । कर्णाली नदीमा डुबेर बेपत्ता अधिकांशको शवसमेत भेटिँदैन ।